लक्ष्मणकिशोरले पेस गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी


धनगढी । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।

चौधरीले नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन् ।

चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसका १८ जना, एकीकृत समाजवादीका ४ जना सांसदको समर्थन रहेको पत्र पेस गरिएको छ ।

सुदूरपश्चिममा बहुमतको लागि २७ सांसदको समर्थन आवश्यक रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।