नयाँ वर्ष २०८१ आजबाट सुरु, शुभकामना आदानप्रदान गरी मनाइदै



काठमाडौं ।

आजबाट विक्रम संवत २०८१आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ ।
वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् ।

विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवन सुरु भएको मानिन्छ ।
आजका दिन व्यक्तिले पूराना नमिठा पललाई बिर्सिएर नयाँ प्रण गर्ने दिनका रुपमा पनि लिन्छन् ।

प्रतिक्रिया दिनुहोस्