विकासमा राजनीति नगर्न दिपक गिरी आह्वान



दाङ ।

तुलसीपुर उपमहानगरपालिकाले आफ्नो ३२औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्वर ३ का सांसद दिपक गिरीले तुलसीपुरको विकासकालागि सबै दल एकजुट हुनुपर्ने बताए ।

झहामी फरक दलबाट चुनाव जितेका छौँ । दल फरक भएपनि यस क्षेत्रको विकासकालागि दलभन्दा माथि उठेर एकजुट हुनुपर्छ । नेपाली काँग्रेसका केन्द्रीय समेत रहेका सांसद गिरीले भने मैले विकासका सवालमा कसैलाई पक्षपात गर्ने छैन् । तुलसीपुरको सम्वृद्विकालागि टरीगाउँ विमानस्थल स्तरोन्नती गर्नुपर्नेमा जोड दिँदै त्यसकालागि जनदबाब आवश्यक रहेको बताए ।

तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासकालागि आफू प्रतिबद्व भएको भन्दै त्यसकालागि सबै दलको सहयोग अपरिहार्य भएको बताए । कहिलेकाहीँ दलीय आस्थाका कारण विकास निर्माणमा समस्या उत्पन्न हुने भन्दै मेयर खड्काले विकासमा कसैले पनि राजनीति गर्न नहुने बताए । टरीगाउँ विमानस्थल विस्तार गर्न आफू प्रतिबद्व भएको भन्दै मेयर खड्काले विमानस्थल विस्तार स्थानीय सरकारले गर्न नसक्ने भएकाले त्यसकालागि प्रदेश र संघीय सरकारलाई दबाब दिनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर स्यानी चौधरी,नेपाली काँग्रेसका नगर सभापति सुरेर हमाल,एमालेका सचिव रूपबहादुर खत्री,माओवादी रामबहादुर दहित लगाएतकाले आफूहरू विकासकालागि एकठाउँमा उभिने प्रतिवद्वता जनाए । स्थापना दिवसमा उत्कृष्ट काम गरेको भन्दै वडा नम्वर १८ का सचिव रामकुमारी मरासिनी र जनस्वास्थ्य फोकल पर्सन विमल केसीलाई सम्मान गरिएको छ । त्यसैगरी सर्प उद्दारकर्ता प्रभात भण्डारीलाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्