राजीनामा पत्र बोकेर त्रिविका उपकुलपति कुलपतिकोमा 

दुई दिनमा  रेक्टर नियुक्त गर्ने कुलपतिको आश्वासन



काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति  प्रडा केशरजंग बराल  राजीनामा पत्र बोकेर  प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्। उनले  समयमा  रेक्टर नियुक्त नभएको भन्दै राजीनामा पत्र बोकेर शुक्रवार कुलपति निवास  बालुवाटार पुगेका हुन्।

त्रिविका निमित्त रेक्टर भार्गव धितालको आजदेखि अनिवार्य अवकाश भएपछि त्रिविको रेक्टर पद खाली भएको छ। उपकुलपति बरालले दुई साता अघि  रेक्टरमा खड्ग केसी र रजिष्ट्रारमा केदार रिजालको नाम सिफारिस गरेका थिए  । तर, कुलपति प्रचण्डले विभिन्न दबाबका कारण उनीहरुलाई नियुक्ति दिएका थिएनन्।

त्रिवि रेक्टर खाली हुँदा समेत आफूले सिफारिस गरेका रेक्टरलाई नियुक्ति नगरेको भन्दै उपकुलपति बराल  राजीनामा पत्र बोकेर प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट्न बालुवाटार  पुगेका हुन्।

भेटमा प्रधानमन्त्री एवं कुलपति प्रचण्डले दुईदिन भित्र रेक्टर नियुक्त गर्ने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्