नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच पहिलो एकदिवसीय खेल आज



काठमाडौं ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच आजदेखि एकदिवसीय सिरिज सुरु हुँदै छ। सिरिजको पहिलो खेल आज टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुँदै छ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्यान्ड ‘ए’ ले २-१ ले जितेको थियो। आयरल्यान्डले सुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपालले जितेको थियो।

एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ।

प्रतिक्रिया दिनुहोस्