अखिलको सडक बसहमा त्रिविका कर्मचारी अनुपस्थित, नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी



काठमाडौं ।

अनेरास्ववियुले आज विद्यार्थीले एक वर्ष अघि दिएको परीक्षाको कपि हराएको विषयमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेको छ ।

प्रश्न पत्र र उत्तर पुस्तिकाको लापरबाही कहिले सम्म ? जिम्मेवार को ? र किन ? भन्ने विषयमा गरिएको सडक बहस अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गोविन्द गिरि लगायतका अन्य नेताहरुको उपस्थितिमा केन्द्रिय शैक्षिक विभागको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको हो ।

अनेरास्ववियुको शैक्षिक विभागले त्रिविका उपकुलपति, परीक्षा नियन्त्रक लगायतलाई पनि बहसमा बोलाएको थियो । तर, उनीहरु जवाफ दिन उपस्थित नभएपछि बहस प्रदर्शन हुँदै कोणसभामा मोडिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले त्रिविको ढिलासुस्ती कहिले सम्म ?, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, १६८ वटा कपि खोइ जस्ता नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष समिक बडालले त्रिविका कर्मचारी समस्या देखि कति दिन लुकेर र भागेर बस्ने भन्दै अनेरास्ववियु यसै गरी जफाव विहिन भएर भागेर बसे अझैँ ठुलो रचनात्मक आन्दोलनको बाटो अपनाउने बताए।

आज हामीले यहाँ उपकुलपतिलगायतका कर्मचारीसँग जवाफ माग्ने भनेका थियौं । तर उनीहरुको उपस्थिति भएन । हामी उनीहरूलाई चुनौतीका साथ भन्न चाहान्छौं । यसरी जबाफविहीन भएर भागी हिँड्ने हो भने आज हामीले सांकेतिक कुर्सी राखेर कार्यक्रम गरिरहेका छौं । तपाईंहरु बसेको कुर्सीबाट तपाईंहरुलाई सडकमा ल्याउन सक्ने ल्याकत अनेरास्ववियुसँग छ । यो चेताना तपाईंहरुलाई होस् उनले भने ।

त्यस्तै कोणसभामा आफ्नो भनाई राख्दै उपाध्यक्ष गोविन्द गिरीले वर्षेनी त्रिविको लापरबाहीका कारण परीक्षा लिइसकेको कापी हराउने र विद्यार्थीलाई पुनः परीक्षा दिन लगाउने परिपाटी बन्द हुनुपर्ने भन्दै त्रिविको ध्यानाकर्षण गराएका थिए  ।

विश्व एआईको जमनामा फड्को मारिसके पनि त्रिवि अहिले पनि पुरानै सिलेबमा अड्को छ । यो विद्यार्थीका लागि उपयोगी हुन सक्दैन यसमा त्रिविले ध्यान दिन जरुरी छु उनले भने । त्यस्तै शैक्षिक विभाग प्रमुख गोविन्द थपलियाले यस विषयमा त्रिविका कर्मचारी यस आन्दोलनबाट पनि नसुध्रिए देशैभर अझ सशक्त आन्दोलन गर्ने बताउँदै शैक्षिक र विद्यार्थीका मुद्दामा जिम्मेवार र व्यवहारिक बन्न त्रिविका कर्मचारीको ध्यानाकर्षण गराएका थिए  ।

प्रतिक्रिया दिनुहोस्