अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक


काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ। गए राति सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक एक गोल गरेका थिए। त्यसै गरी अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यस खेलमा अल टाईका भिर्गिल मिसिडजानले खेलको ३६औँ मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सीमित भएको थियो। यो जितपछि अल नासरको २५ खेलमा ५९ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा अल नासर १२ अङ्कले पछाडि रहेको छ। त्यसै गरी अल टाईको भने २५ खेलमा २२ अङ्क रहेको छ र लिगमा १६औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।