व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतको सफाई



चितवन ।

व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले सफाई दिएको छ । विहिबार चितवन जिल्ला अदालतका न्यायाधीश डा.दिवाकर भट्टको एकल इजलासले दाबि नपुगेको भन्दै सफाई दिएको हो ।

चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यवसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थियो । व्यवसायी कँडेल गत वैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा फेला परेको सुसाइट नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो । सोहि आधारमा प्रहरीले व्य्वासायी रुङटा र जीवन बहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्