भुवन दोस्रो दिन पनि शीर्षमा



काठमाडौं ।

भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन पनि शीर्ष स्थानमा रहेका छन्।

समग्रमा ९ अन्डर १ सय ३५ स्कोरमा उनी लगातार दोस्रो दिन पहिलो स्थानमा रहन सफल भए। तर, उनीसँगैं एमेच्योर सद्भाव आचार्य पनि पहिलो स्थानमा रहेका छन्। उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारेका हुन् । सद्भाव सातौं स्थानबाट शीर्ष स्थानमा उक्लिएका थिए।

समग्रमा ४ अन्डर १ सय ४० स्कोरसहित विजय तेस्रो स्थानमा रहेका हुन्। समग्रमा १ अन्डर १ सय ४३ स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र निरज तामाङले संयुक्तरुपमा चौथो स्थान साझेदारी गरे। भुवनकुमार रोक्का र बलभद्र राई इभनपार १ सय ४४ को स्कोरमा संयुक्तरुपमा सातौं स्थानमा छन्।

समग्रमा १ ओभर १ सय ४५ को नतिजामा दिनेश प्रजापति नवौं स्थानमा र समग्रमा २ ओभर १ सय ४६ स्कोर बनाएर सञ्जय लामा दशौं स्थानमा रहे। तर, पहिलो दिन भुवनसँग संयुक्त रूपमा शीर्ष स्थान साझेदारी गरेका राहुल विश्वकर्मा शीर्ष दशबाट बाहिरए ।

प्रतिक्रिया दिनुहोस्