रुसी खेलाडीलाई ओलम्पिक उद्घाटनमा बन्देज



एजेन्सी ।

रुस र बेलारुसका खेलाडी पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन नपाउने भएका छन्। उक्त निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गरेको हो।

फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको उद्घाटन यसै वर्षको २६ जुलाईमा हुँदैछ। उक्त समारोहमा विश्वका हजारौं खेलाडी सीन नदीबाट आईफिल टावरसम्म डुंगामार्फत् जानेछन्।

विशेष गरे समारोह स्टेडियमभित्र आयोजना हुने भएपनि पेरिस ओलम्पिकमा नयाँ शुरुवात गर्न लागिएको हो। आईओसीको अनुसार रुस र बेलारुसका खेलाडीलाई नदीको किनारामा नै राखिने बताइएको छ।

उनीहरुलाई तथस्ट खेलाडीको रुपमा ओलम्पिकमा अनुमति प्रदान गरिएको हो। यसभन्दा अघि अन्तर्राष्ट्रिय पारालम्पिक्स समितिले २८ अगस्टको पेरिस पारालम्पिक्सको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्धको घोषणा गरेको थियो।

युक्रेनमा जारी युद्धका कारण रुस र बेलारुसका खेलाडीले अब प्यारालम्पिक्सको टीम प्रतिस्पर्धामा सहभागिता दिन पाउने छैनन् । तर, व्यक्तिगत अर्थात् एक तटस्थ खेलाडीको रूपमा भने रुस बेलारुसका खेलाडीले खेल्न पाउने छन्।

जसमा सहभागी हुनाका लागि जारी युद्धलाई समर्थन नगरेका खेलाडी र सेना वा सुरक्षा निकायमा नरहेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन। पेरिस ओलम्पिकमा रुसका ३६ र बेलारुसमा २२ खेलाडीहरुले ओलम्पिक छनौट चरण पार गरेर पेरिस ओलम्पिकको नाम सुरक्षित गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्