अमेरिका कोन्काकाफ लिग च्याम्पियन



एजेन्सी ।

अमेरिका कोन्काकाफ नेसन लिग च्याम्पियन बनेको छ । घरेलु मैदान एटी एन्ड टी रंगशालामा सोमबार मेक्सिकोमाथि २–० गोलअन्तरको जित निकाल्दै अमेरिका लिग च्याम्पियन बनेको हो।

अमेरिकालाई जित दिलाउन टाइलर एडम्स र जियोभनी रेनाले गोल गरेका थिए। यो समेत गरी अमेरिकाले लगातार उक्त उपाधि जितेको हो। खेलको ४५ औं मिनेटमा एडम्सको गोलमार्फत अमेरिकाले अग्रता लिएको थियो।

६३ औं मिनेटमा रेनाले गोल गर्दै अमेरिकालाई २–० को जित दिलाए। प्रतियोगितमा उत्तरअमेरिका, मध्यअमेरिका र क्यारेबियन क्षेत्रका राष्ट्रले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्