नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको दोस्रो खेल आज



काठमाडौं ।

नेपाल र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो।

टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुने छ।  यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्यान्ड वोल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकाश चन्द रहेका छन्।

यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ। नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

प्रतिक्रिया दिनुहोस्