नेपालले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै



काठमाडौं ।

नेपाल र आयरल्यान्ड ‘ए’ बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदै छ। नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ सँग आज पहिलो खेल खेल्दै छ। टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुने छ।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकाश चन्द रहेका छन्।

नेपाली राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग दुई टी-२० खेल खेल्ने छ। त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ। नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

प्रतिक्रिया दिनुहोस्