आईपीएलमा गुजरातको विजयी सुरूवात, मुम्बई पराजित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ। गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो।

मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४६ रन बनाए भने रोहित पौडेलले ४३ रन बनाएका थिए। त्यसै गरी तिलक बर्माले २५ र टिम डेविड तथा कप्तान हार्दिक पाण्डेयले ११-११ रन बनाएका थिए।

त्यसै गरी गुजरात टाइटन्सका बलर अज्मतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २-२ विकेट लिएका थिए भने साइ किशोरले एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ४५ रन बनाए भने कप्तान शुभमन गिलले ३१ रन बनाएका थिए। त्यसै गरी राहुल तेवातियाले २२, रिद्धिमान शाहले १९, अज्मतुल्लाह ओमरजाईले १७ रन बनाएका थिए।

त्यसै गरी मुम्बईका बलर जसप्रित बुमराहले सर्वाधिक ३ विकेट लिए भने गेराल्ड कोएत्जेले २ तथा पियुष चावलाले एक विकेट लिएका थिए।

यो जितपछि गुजरातले महत्त्वपूर्ण २ अङ्क हासिल गरेको छ भने मुम्बईले आईपीएल सिजनको पहिलो खेलमा फेरी हार बेहोरेको छ। मुम्बईले २०१३ यताका आइपिएलको पहिलो खेलमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्