आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टिमको घोषणा



काठमाडौं ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ।  नेपाल ‘ए’ टिमले आयरल्यान्ड ‘ए’ टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ।

नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्यान्ड ए सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ। त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग मार्च २५ र २६ मा टी-२० खेल खेल्ने तालिका रहेको छ।

टी-२० सिरिज खेल्ने नेपाली ‘ए’ टिम 

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिम 

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्