महरालाई हाजिरी जमानीमा छाड्ने तयारी



काठमाडौं ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालय दुवैले उनको बयान लिइसकेका हुन् ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको सीआईबीका एक अधिकृतले जानकारी दिए ।

सीआईबीले महराकाे कमजोर स्वास्थ्यका कारण छाड्ने तयारी गरेको हो  । प्रहरीले कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्