४ सयले घट्यो सुनको मूल्य



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले ओरालो लागेको हो।

महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ कायम छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ तोकिएको छ।

शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार पाँच सय ३० रुपैयामा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्