हाइटीबाट संयुक्त राष्ट्रसंघले आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलायो



काठमाडौं ।

क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिकासहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् ।

सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्रीसमेत देशमा फर्कन सकेका छैनन् । हिंसाका कारण सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानवीय संकट बढेको बीबीसीले जनाएको छ । हिंसाका कारण अहिलेसम्म हजारौंको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय विद्रोही समूल प्रधानमन्त्री एरियल हेनरीले पद त्याग गर्नु पर्ने माग राख्दै आएका छन् । समूहले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीकै ८० प्रतिशत बढी भूभागमा कब्जा जमाएको दाबी गरेको छ ।

पछिल्लो हिंसामा मृत्यु हुनेको संख्या एकिन नभए पनि अस्पतालहरुमा शव यत्रतत्र छरिएको अवस्थामा रहेको पनि बीबीसीले जनाएको छ ।हाइटीबाट हिंसाका कारण ३ लाख ६२ हजार मानिसहरु विस्थापित भएका छन् । हतियारधारी समूहले राजधानीका पसल र घरहरुमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपतकालीन अवस्था ९संकटकाल० लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्