सुगा ज्वरोले तहसनहस बन्दै युरोप, पाँच जनाको ज्यान गयो

14.19k
Shares

जेनेभा ।

सुगा ज्वरो (पैरोट फिभर) ले युरोपका पाँच देशमा तबाही मच्चाइरहेको छ। यो ज्वरोका कारण हालसम्म पाच जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चराचुरुङ्गीलाई असर गर्ने यो रोगले अब मानिसमा असर गरिरहेको चेतावनी जारी गरेको छ।

डब्लूएचओ को विज्ञप्ति अनुसार सन २०२३ को समय र सन २०२४ को प्रारम्भमा, अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीडेन र नेदरल्याण्डमा सुगा ज्वरोका घटनाहरूमा असामान्य र अप्रत्याशित वृद्धि रेकर्ड गरेको छ।

जुन अघिल्लो वर्षहरूको तुलनामा धेरै हो। समग्रमा यो रोगले मार्चको प्रारम्भ सम्म करिब ९० जनालाई असर गरेको छ, जसमा पाँच जनाको मृत्यु भएको छ।

कसरी फैलिन्छ सुगा ज्वरो ?

सुगा ज्वरोलाई ‘सिटाकोसिस’ पनि भनिन्छ। यो क्लैमाइडिया सिटासी (क्लैमाइडोफिला सिटासी) नामक ब्याक्टेरियाको एउटा प्रजाति ले गर्दा हुन्छ। यो ब्याक्टेरियाले कुकुर, बिरालो र घोडाहरू लगायत धेरै स्तनधारी लाई सङ्क्रमित गर्न सक्छ । तर, यो ब्याक्टेरियाले प्रायः चराहरूलाई सङ्क्रमण गर्छ।

क्लैमाईडोफिला सिटासी ब्याक्टेरियाले भरिएको हावा मा हुने कणहरू श्वासप्रश्वास को माध्यमले फोक्सोमा गएर मानिसलाई सिटाकोसिस हुन सक्छ। तर यो रोग मानिस बाट मानिसमा सर्ने धेरै दुर्लभ छ, मात्र यस्ता केही केस रिपोर्ट गरिएका छन्।

सुगा ज्वरो बाट कसरी सङ्क्रमित हुन्छन्?

सङ्क्रमित चराहरू, विशेष गरी सुगा, फिन्च वा क्यानरी जस्ता घरपालुवा जनावरहरूको सास, मल वा प्वाँख को धूलोबाट निस्कने कणहरू सास फेर्दा अधिकांश मानिसहरूमा सिटाकोसिस सङ्क्रमण हुन्छ।

यसरी कुखुरा पालन गर्ने कामदार, पशु चिकित्सक र घर पालुवा पक्षी का मालिकहरू जस्ता चराहरू सँग नजिकको सम्पर्कमा आउने मानिसहरूमा यो रोग बढी देखिन्छ। सिटासी सङ्क्रमण चराहरू सँग प्रत्यक्ष सम्पर्क विना सम्भव छैन र पोल्ट्री तयार पार्दा वा खादा ब्याक्टेरिया फैलिन्छ भन्ने कुनै प्रमाण छैन।

सुगा ज्वरो को लक्षण ?

सिटाकोसिस सामान्यतया मानिसहरूमा हल्का बिमारीको कारण बन्छ। यसको लक्षण मौसमी रुघा खोकी (फ्लु) जस्तै हुन्छ। ज्वरो , चिसो लाग्नु, टाउको दुखाइ, सुक्खा खोकी, र सामान्यतया कुनै व्यक्ति ब्याक्टेरियाको सम्पर्कमा आएको पाँच देखी १४ दिन भित्र भित्र देखिन्छन्।

यदि एण्टिबायोटिक को उपयोग सङ्क्रमण को सुरुवात मा उपयोग गर्दा बिमारी लाई प्रभावकारी रूपले राम्रो पार्छ र यसले निमोनियाँ र मुटु को सुन्याइ जस्तो गम्भीर जटिलताहरू रोक्न मद्दत गर्दछ । एण्टिबायोटिक औषधि सँगै उपयुक्त उपचार सिटासिसको मृत्यु दर १५ प्रतिशत देखि २० प्रतिशत वाट घटाएर मात्र १ प्रतिशत गर्न सक्छ ।

मानिसबाट मानिसमा सरेको पुष्टि भएको छैन

अहिलेको सिटाकोसिस बाट धेरै प्रभावित पाँच देशमा सामान्य भन्दा बढी मामिला आएका छन्। यस मध्ये केही घटनाहरूलाई लक्षणहरूको आधारमा सन्दिग्ध मानिएको छ। र अन्य पुष्टि विभिन्न क्लिनिकल ट्राईलमा गरिएको थियो।

विशेष रूपमा, धेरै जसो केसहरू सङ्क्रमित भएका हरू जंगली वा घरपालुवा पक्षीको सम्पर्कमा थिए। तर केही मामिलामा पक्षी सँग हाल सम्पर्क को सूचना दिइएन।

उदाहरणका लागि, अस्ट्रियामा सामान्यतया प्रति वर्ष दुई मानव सिटाकोसिसको मामिला देखिने गरिन्छ। तर सन २०२३ मा १४ केस देखियो र १ जनवरी वाट ४ मार्च, २०२४ सम्म चार वटा थप केस देखियो । यो मामिला असम्बन्धित थियो, र कुनै पनि बिरामीले विदेश यात्रा गरेका थिएनन् वा जङ्गली पक्षीहरू को सम्पर्कमा आएका थिएनन्।

Skip This