मेसीको टिम इन्टर मियामी पराजित



काठमाडौं ।

अमेरिकन मेजर लिग सकर अन्तर्गत लियोनेल मेसीको टिम इन्टर मियामी पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक एक गोल गरेका थिए। त्यसै गरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक एक गोल गरेका थिए।

यस खेलमा मेसीलाई आराम दिएको थियो भने लुइस स्वरेज सब्सटिच्युटको रूपमा खेलेका थिए। इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो। यो हारपछि ४ खेलमा ७ अङ्क हासिल गर्दै इन्टर मियामी शीर्ष स्थानमा रहेको छ।

त्यस्तै मोन्टरियलको भने ३ खेलमा ७ अङ्क भएको छ र  लिगमा दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्