कछुवाको मासु खाँदा ९ जनाको मृत्यु, ७८ जना अस्पताल भर्ना



एजेन्सी । 

  जान्जिबारको पेम्बा टापुमा समुद्री कछुवाको मासु खाँदा ९ जनाको मृत्यु भएको छ भने ७८ जना अस्पताल भर्ना भएका छन् ।  एसोसिएटेड प्रेसका अनुसार उनीहरुले गत मंगलबार जान्जिबारको पेम्बा टापुमा समुद्री कछुवाको मासु खाएकाे जनाएकाे छ ।

जान्जिबार द्वीपसमूहको पेम्बा टापुमा शनिबार समुद्री कछुवाको मासु खाँदा ८ बालबालिका र १ वयस्कको मृत्यु भएको छ भने अन्य ७८ जनालाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् । मृत्यु भएकी वृद्धा यसअघि मृत्यु भएका मध्ये एक बच्चाकी आमा भएको मकोनी जिल्ला चिकित्सा अधिकृत चिकित्सक डा. हाजी बकरीले बताए ।

बकारीले प्रयोगशाला परीक्षणहरूले सबै पीडितहरूले समुद्री कछुवाको मासु खाएको पुष्टि गरेको एसोसिएटेड प्रेसलाई बताए । पूर्वी अफ्रिकी राष्ट्र तान्जानियाको अर्ध-स्वायत्त क्षेत्र जान्जीबारका अधिकारीहरूले हम्जा हसन जुमाको नेतृत्वमा विपद् व्यवस्थापन टोली पठाए जसले मानिसहरूलाई समुद्री कछुवा उपभोग नगर्न आग्रह गरे।

नोभेम्बर २०२१ मा, कछुवाको मासु खाँदा पेम्बामा ३ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको थियो भने अन्य तीन जना अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्