हेड टु हेडमा नेपाललाई स्वर्ण



काठमाडौं ।

नेपालले एशियाली र्‍याफ्टिङ च्याम्पियनसिपअन्तर्गत हेड टू हेडमा स्वर्ण जितेको छ। उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाए।

भारतको हिमाचल प्रदेशस्थित शिमलामा भएको प्रतियोगिताको स्लालममा भने ८० अंकसाथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो।

समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो। नेपाली खेलाडीमा सबिन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुनमगर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्