च्याम्पियन्स लिग नयाँ ढाँचामा खेलाइने



एजेन्सी ।

यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता आगामी सिजन २०२४–२५ देखि नयाँ ढाँचामा खेलाइने भएको छ ।

नयाँ ढाँचाअनुसार टिमको संख्यादेखि अन्य कुरामा समेत महत्वपूर्ण परिवर्तन हुने जनाइएयो । यूईएफएले हाल ३२ टिमले खेल्दै आएको ढाँचा परिवर्तन गरी नयाँ सिजनबाट ३६ टिमलाई सामेल गराउने विस्तृत योजना आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।

अहिलेको संख्यामा थप चार नयाँ क्लबले खेल्न पाउने भएका छन् । नयाँ सिजनबाट ३२ को ठाउँमा समूह चरणमा ३६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार समूह चरण लिग प्रारूपमा खेलाइनेछ ।

चारवटा भाँडोबाट गरिने ड्रअनुसार हरेक टिमले ८ प्रतिस्पर्धी टिम पाउनेछ । एक टिमले चार होम र अवे गरी कूल आठ म्याच खेल्नुपर्ने हुन्छ । समूह चरणका खेल सकिँदा १ देखि ८ स्थानसम्म रहेको टिमहरुले सोझै अन्तिम १६ मा प्रवेश पाउनेछन् ।

त्यसपछि ९ देखि २४ स्थानसम्मका टिमले भने एकअर्काविरुद्ध प्लेअफ खेल्नेछन् । प्लेअफ नकआउट प्रारूपमा हुनेछ । समूह चरणका खेल सकिँदा अंकको आधारमा २५ देखि ३६ स्थानसम्मका ११ टिमहरु रेलिगेसनमा पर्नेछन् ।

रेलिगेसनमा पर्ने टिमहरुले अर्को सिजनमा खेल्न पाउँदैनन् । अर्को सिजन वरियताका आधारमा नयाँ टिमले प्रतियोगितामा प्रवेश पाउने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्