प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले आइतबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सुनिल श्रेष्ठ, सहायक रथी अनुप जंग थापा र सहायक रथी प्रकाश देउजालाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयको सह-संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएको छ ।

उनीहरू नेपाल सरकारको यही फागुन ६ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।