नेकपा एमाले नवौँ जिल्ला अधिवेशन

पहिलो पटक विद्युतीय मेसिनबाट भोटिङ



धादिङ ।

नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ ।
जिल्लामा पहिलो पटक विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको हो ।

मतदान गर्न सहज, मतगणना गर्न छिटो, रुद्ध हुने सम्भावना नभएको इलेक्ट्रिक भोटिङ मेसिनका प्राविधिक तथा सञ्चालक लक्ष्मण रिमालले बताए ।


मतदानमा सहजता र मतदाता शिक्षासहित मतदान भएको र १५ वटा मेसिनबाट मतदान भइरहेको नवौँ जिल्ला अधिवेशन निर्वाचन अधिकृत अधिवक्ता विश्वराज अधिकारीले जानकारी दिए ।

५ सय ७८ मतदाता रहेको धादिङको नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनमा १ सय ५ जनाको जिल्ला कमिटी र ७ जनाको लेखा कमिटीको निर्वाचन गर्ने छ । जिल्ला कार्य समिति ५५ जना भने सर्वसम्मत निर्वाचित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्