क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक


काठमाडौँ ।

अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । यस सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । यस अघि दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए ।

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि उनको यो दोस्रो अर्धशतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १५ ओभरमा एक विकेट गुमाएर ८३ रन बनाएको छ ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।