यू-१९ विश्वकप : नेपालले आज भारतविरुद्ध खेल्दै



काठमाडौं ।

यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ। दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ।

भारतसँग नेपाली युवा टोलीको यो तेस्रो भिडन्त हो। यसअघि भएका दुवै खेलमा फराकिलो अन्तरले भारत विजयी भएको थियो।

नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बङ्गलादेशसँग ५ विकेटको हार बेहोरेको थियो। सुपर सिक्सको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई पराजित गरेको थियो।

भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ। भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बङ्गलादेश रहेका छन्।

त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो। सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजिल्याण्ड र आयरल्यान्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन्।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अङ्क हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपर सिक्समा नरहेकाले सो २ अङ्क नेपालको सुपर सिक्समा नजोडिँदा नेपाल अङ्क विहीन भएको हो।

प्रतिक्रिया दिनुहोस्