यू-१९ विश्वकप क्रिकेटमा आज बंगलादेशसँग खेल्दै नेपाल



काठमाडौं ।

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशको सामना गर्दै छ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुने छ।

नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो। त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो।

बुधबारको खेलमा नेपालले बंगलादेशलाई हराए पनि सेमिफाइनलको सम्भावना भने लगभग समाप्त भइसकेको छ। सुपर सिक्सको पहिलो खेलमा भारत र पाकिस्तानले जित निकालेपछि नेपालका लागि सेमिफाइनलको यात्रा समाप्त भएको हो।

सुपर सिक्सअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई २१४ रनले पराजित गर्‍यो। यस्तै, पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले पराजित गर्‍यो।

यो जितसँगै सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ।

नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ। आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्