कांग्रेस सभापति देउवाले गरे थारू संघमा ९८ सदस्य मनोनीत



काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल थारु संघको केन्द्रीय कार्यसमितिमा ९८ जना मनोनीत भएका छन्।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल थारू संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ९८ जनालाई मनोनीत गरेका हुन्।

शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारु सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा विभिन्न जिल्लाबाट ९८ जनालाई मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

थारू संघको केन्द्रीय समितिमा झापाका पान्डवलाल चौधरीदेखि दाङका धनीराम चौधरीसम्म परेका छन्।

प्रतिक्रिया दिनुहोस्