पोखरा महोत्सव सुरु

पोखराबाट अन्तर्राष्ट्रिय उडान किन हुन सकेन? यसको जवाफ सरकारले दिनुपर्छ : सभामुख घिमिरे



कास्की । 

बाह्रौँ संस्करणको पोखरा महोत्सव सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि बाह्रौँ संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभासद् देवराज घिमिरेले उद्घाटन गरेका हुन । महोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताएका छन्  ।

ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद  कुरा भएको बताउँदै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण स्थानीय, प्रदेश र केन्द्र सरकारले पत्ता लगाइ पोखरेली जनतालाई जानकारी दिनुपर्ने बताए । के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ रहेको थियो ।

त्यसैगरी सभामुख देवराज घिमिरे युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाडी बढिरहँदा सो काम पनि छिटो सम्पन्न गरी पोखरामा खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत गण्डकी प्रदेश सरकारलाई आग्रह गरे । सभामुख देवराज घिमिरेले महोत्सवको माध्यामबाट युवाहरुलाई देश विकासमा लगाउन सकिन्छ भन्ने कुरा युनाईटेड क्लबले उजागर गरेको बताए  । महोत्सवले देशको कला संस्कारलाई समेत उजागर गरेको जनताको विचमा संस्कृति कलाको प्रचार प्रसार प्रसारमा टेवा पुर्‍याएको बताउँदै घिमिरेले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको समेत बताए ।

सेती नदिलाई पर्यटनसँग जोड्न स्थानीय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा सभामुख घिमिरेको जोड रहेको थियो । हराउँदै गएको रीतिरिवाज र परम्पराहरुलाई महोत्सवले जगेर्ना गर्ने भन्दै पोखरा महोत्सवको सफलताको समेत कामना गरे ।

गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले युनाइटेड क्लबले राज्यको पहुँच नपुगेको क्षेत्रमा सामाजिक काम गरी जनतालाई सहयोग गरेको बताउँदै महोत्सवकै माध्यामबाट यूनाइटेड क्लबले सामाजिक काम गरेर श्रहानिय काम गरेको वताइन ।

प्रतिनिधि सभा सदस्य शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गर्ने बताउँदै यूनाइटेड क्लबले महोत्सव मार्फत सामाजिक काममा अग्रसर रहेकोमा अन्य संघ संस्थाहरुले पनि यूनाइटेड क्लबको अनुसरण गर्नुपर्ने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले देशको  कला संस्कृति बचाउने  बताउँदै पोखरा महोत्सवसँग  सहकार्य गरेर प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्ने समेत बताए ।

गण्डकी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवहरुका बीचमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए । गुरुङले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन सभामुख समक्ष आग्रह समेत गरे ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लबले गरेको बताउँदै पोखरा महोत्सवको आयोजना गरी सामाजिक उत्तरदायित्व सँगै व्यापार व्यवसायलाई समेत प्रवर्द्धन गरेको बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै गर्दा यूनाइटेड क्लबले समेत पर्यटनको क्षेत्रमा उल्लेख्य काम गरेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सव मार्फत विभिन्न जनचेतनामूलक क्रियाकलापहरु समेत सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत उत्कृष्ट काम गरेको र आफ्नो वडाले समेत सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । त्यस्तै अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले पोखरा महोत्सव आफैमा ब्रान्ड बनिसकेको बताउँदै पोखरा महोत्सवसँग सहकार्य गरी सामाजिक सेवामा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए ।

यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

यसअघि पोखरा रंगशाला गेटबाट शुरु भएको झाँकी रयालीमा रयाली तर्फ ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय प्रथम, नेपाल मगर संघ माटेपानी द्धितिय, जनप्रिय तमु समाज तथा वातावरण समाज सुधार तृतीय र स्यानी मजुवा आमा समूह र बुद्धचोक महिला समूहले शान्तवना स्थान हासिल गर्न सफल भए ।

त्यस्तै झाँकी तर्फ डढुवा दुर्छा लम्जुङ पोखरा तमु समाज प्रथम, नेपाल मगर संघ रामबजार द्धितिय, तामाङ बौद्ध समाज तृतीय र सिद्धेश्वर भजन मण्डली र रामबजार ताया मचाया समितिले शान्वना स्थान हासिल गरे । झाँकी तथा रयाली ३ सय वढी संघ संस्थाको सहभागिता रहेको थियो ।

महोत्सवमा बिहीबार लोक दोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, लक्ष्मी नेपाली, सरिता सारु मगर लगायतको प्रस्तुति रहेको थियो भने साँझको लाइभब्याण्ड तर्फ दृश्य र ट्रयाङ्क्युलको प्रस्तुति रहेको थियो ।

महोत्सवमा शुक्रबार  लोक दोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योति लोहोनी, पूजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुति रहने भने साँझको लाइभ ब्याण्ड तर्फ स्थानीय ब्याण्डहरु ब्ल्याक फेदर प्रोभर्वस ब्ल्याक ओको प्रस्तुति  रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्