बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते



बारा ।

बाराको अमलेखगञ्जमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

काकड्भिट्टाबाट काठमाडौंका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिकै एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्