सङ्घीय संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा



काठमाडौं ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।

उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन्। २२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्