वर्तमान सरकारले छिमेकी मुलुकहरूसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैनः ओली


काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन्।

राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो। पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबीसमेत गरे।

‘अहिले राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता निहुरिएको अवस्था छ। र, नेपाल सरकारले हाम्रा छिमेकीहरूसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन। यस्तो अवस्थामा हामी नेपाली छौं। राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ऐतिहासिक गौरवमा, उपलब्धिहरूमा, हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो कुरा समाप्त भएको छ,’ उनले भने, ‘जसलाई फेरि उठाउनु पर्नेछ। भ्रष्टाचारलाई अन्त्य गर्नुछ। अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि पहिलो मुद्दा नै लगाउन सरकार मान्दैन। समाती हाल्यो भने माफी मिनाहा गर्छ। मुद्दा खारेज गर्छ। अदालतले फेरि हस्तक्षेप गरेर मुद्दा लगाउनुपर्ने स्थिति भएको छ।’

अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको ओलीको भनाइ थियो। ‘अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि पहिलो मुद्दा नै लगाउन सरकार मान्दैन । समातीहाल्यो भने माफी मिनाहा गर्छ । मुद्दा खारेज गर्छ,’ उनले भने, ‘अदालतले फेरि हस्तक्षेप गरेर मुद्दा लगाउनुपर्ने स्थिति भएको छ। प्रहरी प्रशासन, कर्मचारीतन्त्रले ठीक ढंगले काम गर्न पाएको छैन । हस्तक्षेपमाथि हस्तक्षेप छ। यस्तो खालको अवस्था छ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।