४० बर्ष मुनीका युवा प्रधानमन्त्री बन्नुपर्छ: अध्यक्ष तिमिल्सिना

अब देश बिकासका लागि युवाहरुले हस्तक्षेप गर्नुपर्छ



काठमाडौं  ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मंगलबार काठमाडौमा आयोजित युवाहरुको सम्मेलनमा बोल्दै भन्नुभयो–अब देश विकासका लागि युवाहरुले समय सापेक्ष सीप र ज्ञानको प्रयोग गरि हस्तक्षेप गर्नेबेला आएकोछ ।
बाल क्लवका पूर्व सदस्यहरुको दुई दिने दोस्रो सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले आजका बालबालिका धेरै उर्जाशिल व्यक्तित्व हुनुहुन्छ तर गाउँ, शहर र देश युवा विहिन खाली हुँदैछ । उर्जाशिल समयमा विदेश गएका युवा स्वदेश नफर्कनु विडम्बना हो भन्नुभयो । उहाँले विदेश जानै नहुने हैन विदेशमा शिक्षा र सीप सिकेर स्वदेशमा आई देशको बिकासमा जुट्ने बेला आएकोछ । अब नेपालको बिकासका लागि बुढाखाडा हैन ४० बर्ष नकटेको प्रधानमन्त्रीको खाँचोछ । ५० बर्ष पुगेपछि त जो पनि बनेका छन् । अबका युवाले विदेश हैन स्वदेशनै बनाउ ।
अब सम्बृद्धिका योजना हामी बनाउँछौ र देश पनि हामी बनाउँछौ भनेर युवाहरुले हस्तक्षेप गर्नुपर्छ । अबको समय युवाले देश बनाउँनका लागि आन्दोलन गर्नू जरुरीछ । नेपाल एउटा हिमाल, पहाड, तराई, वन, जंगल, जलस्रोत, प्राकृतिक सम्पदाको धनी देश हो । इजरायलमा युद्ध छ युवा पुस्ता त्रसित छन नेपालमा त्यस्तो केही छैन । अघिल्लो पुस्ताले राजनैतिक परिवर्तन गरि नयाँ व्यवस्था ल्याएको छ । अब युवा पुस्ताले सुसासन र आर्थिक समुन्नत देश बनाउँनुपर्छ । यो सम्मेलनमा सहभागी १९ बर्ष देखि २५ बर्षका युवाले दुईदिनको छलफलबाट हिजोको नेपाल, आजको नेपाल र भोली कस्तो हुनुपर्छ भन्ने स्पष्ट खाका सहितको निष्कर्ष निकाल्नुस र भोली देश बनाउँने अठोटका साथ अघि बढ्नुपर्छ भन्नुभयो ।
उहाँले युवा सम्मेलनले शिक्षा रोजगारीमा केन्द्रीत हौ । नराम्रो मुरा मात्र नगरौं । राजनैतिक दलका योजना र कार्यान्वयन के छ ? चुनावी घोषणापत्रमा के उल्लेख थिए । ५ बर्षमा के के काम भए भएनन् खोजविन गरि मूल्यांकन गर्ने र खवरदारी गर्ने दायित्व अब युवाहरुको हो भन्नुभयो ।अध्यक्ष तिमल्सिनाले काम नगर्ने र कागज मात्र बनाउँने राजनैतिक दललाई युवाहरुले रोक्ने काम गर्न सक्नुपर्छ । अध्ययन, अनुसन्धानलाई समेटी उर्जाशिल कामममा युवा लागौंं र कुशल व्यवस्थापक भएर देश बनाउँनुस । बनेको ठाउँमा धेरै बनाएर देखाउँन सकिन्न, विग्रेको ठाउँमा धेरै बनाएर नमूना काम गर्न सम्भव छ । उहाँले देशमा गर्भवती महिलालाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा दिन सके नवजात शिशु स्वस्थ हुन्छन र देश बिकासका लागि तिनै युवा सक्षम हुन्छन् भन्नुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा संचालित उक्त कार्यक्रममा जागृतिका अध्यक्ष तिलोत्तम पौडेलले दुई दिन सम्म चल्ने सम्मेलनमा १९ जिल्लाका १ सय ५० जना १९ देखि २५ बर्ष समूहका युवाहरुको सहभागीता रहेको र ६ वटा बिषयमा भिन्नाभिन्नै छलफल गरि निष्कर्ष निकाल्ने बताउँनुभयो ।कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाले हरेक घर, समाज र देशमानै बाल मैत्री बन्नुपर्छ । देशमा रहेका ३० हजार भन्दा बढी बाल क्लवहरुले खोज, अन्वेषणमा जुटेका छौ । युवा हुँदा खाका बनाएर अघि बढ्दा गर्न नसक्ने केही छैन । बालक्लव बालबालिकाको क्षमता बिकास गर्ने थलो हो भन्नुभयो । सोही अवसरमा युनिसेफ नेपालका राष्ट्रिय निर्देश कउषा मिश्र लगायत युवाहरुले सम्मेलनको उदेश्य माथी प्रकाश पारेका थिए ।
देशभरबाट जम्मा भएका युवाहरुले बालबालिका राष्ट्रिय गौरव हुन अभियानमा पूर्व बालक्लवका सदस्यहरुको भुमिका, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सुरक्षा, युवाहरुको नेतृत्व विकास र सिभिक स्पेस, उद्यमशिलता, किशोरी शसक्तिकरण, बाल विवाह, बाल सहभागिता अभिबृद्धी, अनलाईन सुरक्षा र अन्य फरक फरक गरी १० सेसनहरु सञ्चालन हुने र सो सेसनमा सहभागिता जनाई घोषणापत्र तयार गरी समापन गर्ने आयोजकले बताएको छ ।
काठमाडौमा सञ्चालन  भएको २ दिने सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल,  केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षेत्रिय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको छ ।८०।८।१९

प्रतिक्रिया दिनुहोस्