कांग्रेस ८४ को हैन ८० को चिन्ता गर्छ :  महामन्त्री थापा 



ओखलढुंगा ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसलाई अरु दललाई जस्तो ८४ सालको निर्वाचनको चिन्ता नरहेको बताएका छन्  । महामन्त्री थापाले नेकपा एमाले लगायत नयाँ दलहरु ८४ सालमा हुने आम निर्वाचनबाट डराएर मिसन ८४ सञ्चालन गरेर दगुरी रहेको बताएका छन्  ।

 नेपाली काँग्रेस ओखलढुंगाले आयोजना गरेको बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन । उनले काँग्रेसले जुन सुकै समयमा पनि जनता प्रति उत्तर दायी बनेर जनमुखी काम गर्ने भएकाले कांग्रेसलाई ८४ को चिन्ता नरहेको बताए ।

महामन्त्री थापाले नागरिक हरुको सबै भन्दा ठुलो आक्रोश भ्रष्टाचारमा रहेको र अब नागरिकहरुलाई सुशासनको अनुभूति गराउने जिम्मेवारी काँग्रेसको रहेको बताएका छन् । प्रत्येक अखबारको पहिला पेजमा अरबौँको घोटालाको खबर छापिएका हुन्छन् अनि नागरिक कसरी सन्तुष्ट हुन्छन् ? मञ्चमा रहेका अन्य काँग्रेस नेता तिर हेर्दै गगनले प्रतिप्रश्न  गरे । ओखलढुंगाका हजारौ नागरिकहरुका माझ महामन्त्री थापाले संविधान निर्माणका क्रममा केही त्रुटि भएको भए काँग्रेसले सच्याएर जाने समेत बताएका छन् । जिम्मेवार दालहरुले नागरिकहरुको साना साना समस्यामा ध्यान नदिदा नागरिकहरमा आक्रोश बढेको र अब काँग्रेसले त्यस्तो कुरामा ध्यान दिएर अघि बढ्ने महामन्त्री थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्