टिकटक प्रतिबन्धबारे पुनःविचार हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमा गरिएको प्रतिबन्धबारे पुन:विचार गर्न सकिने बताएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति पुनःविचार हुने बताएका हुन्।

टिकटक बाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने उनको भनाइ छ। साथै, उनले सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याउने तयारीमा रहेको पनि बताए। ‘अन्य सामाजिक सञ्जाल केही हुँदैन। नियमनका लागि विधेयक आउँदै छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टिकटकबारे पनि पुनःविचार हुन्छ।’

साथै, उनले अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्ने राय आएमा आफू तयार भएको समेत बताए। टिकटकबारे हरेकजसो राजनीतिक दलका बैठकमा कुरा हुने गरेको र सबैभन्दा बढी प्रतिपक्षी दलबाट कुरा आउने गरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्