वर्तमान सरकार चीनको सहयोग लिन डराउँछ : ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको आरोप लगाएका छन्।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सोमबार दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै ओलीले यस्तो बताएका हुन्।

उनले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए। उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए।

उनले नेताहरू राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए। उनले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता/कार्यकर्ताहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्