बुटवल लुम्बिनीको पहिलो जित



काठमाडौं । 

नेपाल सृुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले पहिलो जित हासिल गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराएको हो । यो टोलीको तीन खेलमा पहिलो जित हो । योसँगै बुटवलले तीन अंक जोडेको छ । इलामको यो तीन खेलमा दोस्रो हार थियो र टोलीको ३ अंक रहेको छ ।

१–१ बराबरीतिर लम्किएको खेलमा कप्तान एरिक विष्टले फ्रिकिकमा दर्शनीय गोल गर्दै बुटवलको जित सुनिश्चित गरेका थिए । उनले ८८ औं मिनेटमा करिब ३५ यार्ड दुरीमा पाएको फ्रिकिक प्रहार देब्रे खुट्टाले गरेका थिए । उनको प्रहार घु्माउरो तरिकाले विकेश कुथुको बायाँतिर ड्रप भएको थियो । जृुन बललाई गोलकीपर विकेशले डाइभ गरेर रोक्ने कोशिस गरेपनि उनी सफल भएनन् ।

यसअघि बुटवलका लागि स्टेफान समिर बिनोङले ४८ औं मिनेटमा गोल गरेर १–० को अग्रतामा राखेका थिए । यसपछि इलामबाट लगातार गोल गर्ने प्रयास भएको थियो । यसमा पेनाल्टी पनि समावेश थियो । कमाराको पेनाल्टी प्रहारलाई बुटवलका गोलकीपर मोहमोदुले बचाएका थिए । तर, ७९ औं मिनेटमा अब्दुल्लाए बाले गोल गर्दै इलामलाई १–१ बराबरीमा पु¥याएका थिए ।

खेल ५ बजे हृुने
साढे ५ बजे शुरु हुने खेल अब ५ बजे गर्ने एनएसएलको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्टस् मेनेजमेन्टले जानकारी गराएको छ । आजदेखि लिगको बाँकी खेल ५ बजे शुरु हुनेछ । चिसो बढिरहेको हुनाले समय अघि सारिएको आयोजकले जनायो । यसले दर्शकको संख्या बढ्ने पनि अपेक्षा गरिएको छ । खेल ५ बजे शुरु भएपछि करिब ७ बजेभित्र खेल सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्