नेपाली काँग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलन, सभापति  देउवाले सम्बोधन गर्ने



ओखलढुंगा ।

नेपाली काँग्रेस ओखलढुंगाले यही मंसिर १९ र २० गते प्रथम जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ । १३ औ माहादिबेशनमा भाग लिएका १४ सय क्षेत्रीय प्रतिनिधि सहित सबै स्थानीय तहका पदधिकारीहरु, जिल्ला कार्यसमितिका सम्पुर्ण सदस्यहरु सहित पदधिकारीहरुको उपस्थीतीमा प्रथम जिल्ला सम्मेलन गर्न लागिएको ओखलढुंगा काँग्रेस सभापति तेजेन्द्र खनालले बताएका छन्  । जिल्ला सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रमुख अतिथिको रुपमा र पार्टीका नेता शेखर कोइराला र गगन कुमार थापाले विशेष अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सभापति खनालले बताएका छन् ।

यसैगरि कार्यक्रममा ओखलढुंगाबाट निर्वाचित केन्द्रीय  सदस्यद्वय  प्रदीप कुमार सुनुवार र रामहरि खतिवडासहित काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापा र कोशी प्रदेश मुख्य मन्त्री केदार कार्कीको समेत सहभागिता रहने नेपाली काँग्रेस ओखलढुंगाका सचिव अजय लुइँटेलले बताएका छन् ।

१९ गते उद्घाटन  गरिने  जिल्ला सम्मेलन २० गते सम्म सञ्चालन हुने नेपाली काँग्रेस ओखलढुंगाका सचिव अजय लुइँटेलले बताएका छन् । २ दिन सञ्चालन हुने सम्मेलनमा जिल्लाको संगठानिक राजनैतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरी  छलफल गरिनुका साथै प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने काँग्रेस नेता रुद्र प्रसाद अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्