लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सुरु 

गुटको अन्त्य र बलियो काँग्रेस बनाउने सभापति देउवाको उद्घोष

अबको चुनावमा एक्लै चुनावी मैदानमा उत्रिन नेताहरुको सुझाव



बुटवल। 

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले  शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल शान्ति भूमिबाट  अब पार्टी भित्रको गुटको अन्त्य र बलियो काँग्रेस हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको शनिवार बुटवलमा शुभारम्भ गर्दै  सभापति देउवाले बुद्धका उपदेशलाई आत्मसाथ गरी पार्टीलाई पनि एकता र बलियो बनाउने प्रण गरे । संसारभरि बुद्धिजिमको आकर्षण बढेको भन्दै सभापति देउवाले बुद्धिजिम वैज्ञानिक धर्मका रुपमा स्थापित हुँदै  गएको खुलासा गरे । सभापति देउवाले अब भाषण भन्दा पनि कामलाई बढी प्राथमिकता दिन पनि आम नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।

काँग्रेस नेता डा. शेखर कोइरालाले  नेपाली काँग्रेस आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रिनका लागि  एक ढिक्का भएर  जुट्नु पर्नेमा जोड दिए ।  कांगेस  एक ढिकका भएर चुनाबीमैदानमा उत्रिदा कसैले हराउन नसक्ने जिकिर गरे । नेता कोइरालाले भ्रष्टचार र अनियमितता नै मुलुकको प्रमुख समस्या भएकाले यो समाधान नहुँदासम्म अन्य समस्या थपिँदै जाने धारणा राखे।

महामन्त्री  गगन कुमार थापाले  देश र जनतामा देखा परेको निराशालाई मेटाउने गरी ८० देखि ८४ सम्ममा काम गर्न  जसले सक्छ उसैको पोल्टामा जनमत प्राप्त हुने दाबी  गरे  । यही कुरामा नेपाली कांग्रस  लाग्नु र जुट्नु पर्नेमा जोड दिए । ४६ साल पछाडि सत्ता र उच्च ओदामा वस्नेहरुको सम्पत्ति छानबिन गर्ने गरि नियम बनाएर अगाडी बढ्न जरुरी रहेको महामन्त्री थापाले जिकिर गरे।

कार्यक्रममा महामन्त्री  विश्व प्रकाश शर्माले लुमिबनीले कर्णाली प्रदेशका भूकम्प  पीडितलाई मलम लगाउने गरी सम्मेलनले महत्त्व पूर्ण निर्णय गर्न माग गरे । उनले  मिशन ८४ को पक्षमा होइन अब मुलुकमा एउटा व्यक्ति एक पटक मात्र राष्ट्रपति प्रधानमन्त्री  ,२ पटकसम्म मात्र र ३ पटक सम्म मात्र मन्त्री हुन पाउने विधि बनाउन जरुरी रहेको बताए । उनले पार्टी सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेकोले नेतृत्व दिन गरी नेताहरुलाई तयारी रहन आग्रह गर्न समेत माग गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पार्टीबाट आउने निर्देशन केन्द्रका सबैबाट एकै किसिमको आउनु पर्नेमा जोड दिए। उनले काङ्ग्रेसले दुस्मन खोज्न अन्त जानू नपर्ने बताउदै पार्टी भित्रबाट नै एक अर्कालाई परास्त गर्ने प्रवृत्तिले संगठन बिग्रिरहेको बताए । लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, दीपक गिरी डा. चन्द्र भण्डारी ६ वटै प्रदेशका पार्टी सभापतिहरु, प्रदेशका उपसभापतिद्वय राजु खनाल र  भुवन श्रेष्ठले काँग्रेसलाई बलियो बनाउन सुझाव दिए।  सम्मेलन २ दिन सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया दिनुहोस्