नक्कली शरणार्थी प्रकरण : खाँणकाे सबालमा न्यायाधीशबीचमा राय बाझियाे


काठमाडाैं ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा राय बाझिएको छ । उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडको सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएको छ ।

जसका कारण तेस्रो न्यायधिसलाइ फैसाला गर्न आदेश दिइएको छ । अदालतको आदेश अनुसार अब खाँडले जेलबाहिर बसेर नै मुद्धा लडन पाउने बाटो अझै खुलेको छैन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलीपल्ट अदालतले फैसाला सुनाएको हो ।

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायधिस बिचमा राय बाझिदाँ तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन । जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा फैसाला आएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।