प्रहरी समायोजनकाे माग गर्दै प्रदेशका गृहमन्त्रीहरूले प्रधानमन्त्रीलाई भेट्दै



काठमाडौं ।

सातै प्रदेशका प्रहरी समायोजनको माग गर्दै गृहमन्त्रीहरु काठमाडौं आएका छन् । प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरूलाई काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउन उनीहरू काठमाडौँ आएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम तय भएको छ । प्रदेश सरकारहरूले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरूको गुनासो छ । य

प्रतिक्रिया दिनुहोस्