नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु



काठमाडौँ। 

नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन : अवसर र चुनौती’ भन्ने मुख्य सन्देशसहित  दुई दिने सम्मेलन सुरु भएको हो ।
बबरमहलस्थित कार्की बेङ्क्वेटमा सरोकारवालाहरुले सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरणका तिनै तहका सरकारबिच समन्वयको आवश्यक रहेको औँल्याएका छन् ।

सम्मेलनको चौथो सत्रमा सरोकारवालाहरुले सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरणका तिनै तहका सरकारबिच समन्वयको आवश्यक रहेको बताएका हुन् । उक्त प्यानलको अध्यक्षता स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहले गरेका थिए ।

त्यसैगरी यश विषयको प्यानल छलफलमा प्यानलिस्टहरुमा नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा अनिल बिक्रम  कार्की, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा शुधा देवकोटा, रौतहटको राजपुर नगरपालिका मेयर, मोहम्मद रजक  आलम, नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधान तथा केमसानका अध्यक्ष भक्त हमाल रहेका थिए ।

यसअघि यो सम्मेलन असोजका लागि तय भएको थियो । तर चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बढेपछि संघले त्यसबेला अन्तिम समयमा स्थगित गरेको थियो ।

सम्मेलनमा स्वास्थ्यका विभिन्न सातवटा विषयमा छलफल हुने बताइएको छ ।

यसमा दोस्रो राष्ट्रिय स्वास्थ्य तथा शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरणका विषयमा छलफल हुनेछन् ।

यस्तै स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थतन्त्र, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग, समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयको छलफलमा केन्द्रित हुनेछ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा चोपलाल भुसालले भए ।

सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमुलक नीतिगत सुझाव स्वास्थ्य मन्त्रालय तथा देशभरका सरोकारवाला निकायमाल सम्प्रेषण गरिने संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले बताए । सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले ‘की नोट स्पिच’ दिए ।

सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्