नेपाल व्यायम मन्दिरका सन्दिप र दीपकलाई गोल्डमेडलसहित इन्टरनेसनल प्रो कार्ड



काठमाडाैं ।

नेपालगन्जमा भएको स्ट्रेन्थ लिफ्टिङ एन्ड आइबिपि च्याम्पियनसिपमा नेपाल व्यायम मन्दिरका खेलाडीहरू सन्दिप केसी र दीपक खड्काले गोल्ड मेडल जितेका छन् ।

स्ट्रेन्थ लिफ्टिङ एन्ड आइबिपि च्याम्पियनसिपमा गोल्ड मेडल जित्दै केसी र खड्काले नोवेम्बर २७(३० मा भारतमा हुने दशौँ वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ तथा आइबिपि च्याम्पियनसिपका लागि प्रो कार्ड पाएका छन् ।

बुढानीलकण्ठ ७ निवासी सन्दिप केसीले स्ट्रेन्थ लिफ्टिङ एन्ड आइबिपिमा २ वटा गोल्ड मेडल जितेका छन्। केसीले पहिलो गोल्ड मेडल १०० केजी माथिको क्याटागोरीको ह्याक डेडलिफ्टमा पाएका थिए भने अर्को गोल्ड मेडल इन्क्लाइन बेन्च प्रेसमा पाएका थिए । केसी पछिल्ला समय लगातारजस्तो प्रतियोगिताहरू सहभागि हुँदै गोल्डमेडल जितिरहनेमध्येमा पर्दछन् ।

त्यसैगरी बुढानीलकण्ठ ७ कै दीपक खड्काले डिफरेन्ट एबल क्याटागोरीअन्तर्गत बेन्चप्रेसमा गोल्डमेडल जितेका हुन् । दीपक नेपाली रोडिजको पछिल्लो संस्करणमा भाग लिएर चर्चितसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्