डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते



डडेलधुरा । 

सुदूरपश्चिम प्रदेशको डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप आइतबार बिहान केआई सिंह राजमार्गअन्तर्गत डोटीको शिखर नगरपालिका–६ अण्यौलमा दुर्घटनामा परेको हो। ४ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन्।

दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिप सडकबाट ४० मिटर तल सेती नदीमा खसेको छ। अत्यधिक चिसो भएकाले जिपलाई निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्