सशस्त्र प्रहरीद्वारा भूकम्मापरी घाईते तथा मृतककाे उद्दार जारी (भिडियोसहित )



काठमाडौं ।

गयराती जाजरकोट, बारेकोट गापा १, रामीडाँडामा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भुकम्पमापरी मृत्यु भएमा तथा घाईतेहरुकाे सशस्त्र प्रहरीले उद्दा गरिरहेकाे छ । हाल सम्म जाजरकोटमा -९२ काे मृत्यु भएकाे छ भने ७० घाईते भएकाे उद्दारमा खटिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । त्यस्तै रुकुम पश्चिममा ३७ मृत र ८५ घाईतेकाे उद्दार गरकाे छ ।

उद्दारका लागि जाजरकाेटमा सशस्त्र प्रहरी आश्रिम गुल्म जाजरकोटबाट ७० जना टोली खटिएको । ३२ नं. गण सुर्खेतबाट सप्रनिको कमाण्डमा २ प्लटुन ७० जनाको टोली खटिएको भने ४२ नम्बर रिजर्भ गण बाँकेबाट सप्रनिको कमाण्डमा (२२ जना DM, १ जना मेडिकल) २५ जनाको टोली खटिएको छ । उता नं. ६ बाहिनी सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा एम्बुलेन्स सहित ४ जनाको मेडिकल टोली र आश्रित गुल्म दैलेखबाट २५ जनाको टोली गरि जम्मा १५९ जना सशस्त्र प्रहरी जाजरकाेटमा उद्दारमा खटिएकाे सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जनाकारी दिए ।

त्यस्तै पश्चिम रुकुममा ४७ नम्बर गुल्म पश्चिम रुकुमबाट १०७ जनाको टोली खटिएको । आश्रित गुल्म पूर्वी रुकुमबाट सप्रनानिको कमाण्डमा (DM २ जना, DM सामाग्रीहरु) ११ जनाको टोली खटिएको छ भन नेपाल APF अस्पतालबाट डा रोशन पराजुली सहित २ जना डाक्टर तथा अन्य ६ जना मेडिकल टोली गरी जम्मा ९ जना मेडिकल सामाग्री सहित खटिएकाे बताईएकाे छ । घाईते तथा मृतककाे उद्दारका लागि २९ नम्बर गण दाङबाट सप्रनिको कमाण्डमा २१ जनाको टोली, आश्रित गुल्म सल्यानबाट २५ जनाको टोली गरी जम्मा पश्चिम रुकुमा १७३ जना सशस्त्र प्रहरीकाे टाेली खठिएकाे प्रनाउ थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्