‘फ्रेन्ड्स’ सिरिजका म्याथिउ पेरी मृत अवस्थामा फेला


काठमाडौं ।

अमेरिकी क्यानडियन अभिनेता म्याथिउ पेरी मृत अवस्थामा फेला परेका छन् । शनिबार पेरी आफ्नै घरमा मृत अवस्थामा फेला परेका सीएनएनले जनाएको छ।

चर्चित ‘फ्रेन्ड्स’ सिरिजमा पेरी च्यान्ड्लर बिङको भूमिकामा थिए।उक्त सिरिज हाल पनि युवामाझ चर्चित छ।

वार्नर ब्रोज टेलिभिजन ग्रुपले पेरी आफ्नो कम्पनीको महत्वपूर्ण सदस्य रहेको भन्दै उनको निधनमा दुस्ख व्यक्त गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।