भलिबल खेलेर जितेकाे भाेलिपल्ट खेलाडी श्रेष्ठ मृत फेला



काठमाडौं ।

धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका श्रेष्ठ सिद्धलेक गाउँपालिका५३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रहरीका अनुसार अहिले शव परिवारलाई जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ । उनी बुधबार मात्रै धादिङकै नलाङ भन्ने ठाउँमा आयोजित भलिबल प्रतियोगितामा सहभागी भएका थिए । उनी नेतृत्वको टोलीले खेल पनि जितेको थियो । उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्