राष्ट्रिय सभाको बैठक अनिश्चित



काठमाडौं । संघीय संसद्अन्र्तगत राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

संघीय संसद्को सचिवालयले सूचना जारी गर्दै उक्त सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएको छ ।

राष्ट्रि सभाको बैठक असोज ३० गते मंगलबार अपराह्न १ बजे आह्वान गरिएको थियो ।

तर, विशेष कारणवश तोकिएको दिन र समयमा बैठक बस्न नसक्ने भन्दै स्थगित गरिएको छ ।

राष्ट्रिय सभा नियमावली–२०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना जारी नगरेसम्मका लागि स्थगित गरिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्