दशैं बिदामा अदालत खुल्ने



काठमाडौं । दशैंको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि सर्वोच्च अदालत खुल्ने भएको छ ।

सर्वोच्चले एक सूचनामार्फत शनिबारबाहेक अन्य दिन अदालथ खुल्ने जानकारी गराएको छ ।

उसले असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने भएको हो ।

शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्